Sign In

काठमाडौं । घरमा धारा, सेफ्टी ट्यांकी, बिजुलीमा समय-समयमा समस्या आइरहन्छ । यस्तो बेला के गर्ने, कसलाई खोज्ने भन्ने दुविधा हुन्छ । फेरि सानोतिनो काम भन्दै मर्मतसम्भारका लागि त्यससम्बन्धी काम गर्ने व्यक्ति पनि हत्तपत्त आइदिंदैनन् ।

अहिले घरको धारा, सेप्टी ट्यांकी, बिजुलीको मर्मतसम्भार गर्ने जनशक्तिलाई अनलाइनमार्फत नै सम्पर्क गर्न सकिन्छ ।

त्यस्ता सेवा प्रदायकहरू कहाँ, कति छन् ? कसरी सम्पर्क गर्ने ? कुन क्षेत्रमा काम गर्छन् ? कति शुल्क लिन्छन् ? यहाँ यसै विषयमा चर्चा गरिएको छ ।

क्वीक फिक्स

सम्पर्क : ०१-५९०९५१९

घरको धारा, बिजुली, सीसीटीभी क्यामरा, कम्प्युटर, भान्साको उपकरण मर्मत गर्न क्वीक फिक्सलाई सम्झन सकिन्छ । साथै यसले घर रंगरोगन र पार्केटिङको पनि काम गर्छ ।

घरको धारा, बिजुली बिग्रिएको छ भने क्वीक फिक्सलाई फोन गरे पुग्छ । क्वीक फिक्सले काठमाडौंसहित वीरगञ्ज र हेटौंडामा पनि सेवा प्रदान गर्दै आएको छ । यहाँ एक पटक सेवा लिए बापतको शुल्क ३५० रुपैयाँबाट सुरु हुन्छ । कुन सामान कति समय लगाएर मर्मत गर्नुपर्ने त्यसअनुसार शुल्क लाग्छ ।

धारा बिजुली

सम्पर्क : ९८४६८९८८४८

घरको धारा र बिजुली बिग्रेर तनाव भएको छ भने अनलाइनमार्फत सेवा लिन सकिने अर्को नाम हो धारा बिजुली ।

धारा बिजुलीले काठमाडौं उपत्यकामा आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसले उपत्यकाका छिमेकी जिल्लामा समेत सेवा दिने गरेको छ । धारा बिजुलीको सेवा शुल्क ६ सय रुपैयाँबाट सुरु हुन्छ । कामको प्रकार समयअनुसार शुल्क बढ्दै जान्छ ।

धारा बिजुलीले इन्टेरियर, कम्प्युटर मर्मत र रंगरोगनको सेवा पनि प्रदान गर्दै आएको छ । छिटो र भरपर्दो सेवा प्रदान गर्दै आएको धारा बिजुलीले छिट्टै काठमाडौं उपत्यका बाहिर पनि आफ्नो सेवा विस्तार गर्दैछ ।

टोटल होम सोलुसन नेपाल

सम्पर्क : ९७४५३४०१५७

टोटल होम सोलुसनले घर निर्माणसम्बन्धी सम्पूर्ण सेवा अनलाइनबाट प्रदान गर्दै आएको छ । निर्माण मात्र होइन मर्मतको काम पनि यसले गर्दै आएको छ ।

होम सोलुसनले धारा, ट्यांकी, बिजुली, सीसीटीभी, फल सिलिङ लगायत मर्मतको काम गर्छ । काठमाडौं उपत्यकामा आफ्नो सेवा दिइरहेको टोटल होम सोलुसनको सेवा शुल्क २५० रुपैयाँबाट सुरु हुन्छ । त्यसपछि सामानको मर्मत र समयअनुसार शुल्क लाग्छ ।

ए टु जेट मर्मत इलेक्ट्रिकल र प्लम्बिङ

सम्पर्क : ९८१०७२०२०

घरको धारा बिजुली बनाउन ए टु जेट इलेकट्रिकल र प्लम्बिङलाई सम्झन सकिन्छ । ए टु जेटले धारा, बिजुली, सीसीटीभी, मेसिन लगायतका सामानको सम्पूर्ण मर्मत गर्छ ।  अनलाइनमार्फन सम्पर्क गर्न सकिने ए टु जेडको सेवा शुल्क ६०० रुपैयाँबाट सुरु हुन्छ । यसको सेवा काठमाडौं उपत्यकाभर लिन सकिन्छ ।

प्रकाश इलेक्ट्रिकल एण्ड प्लम्बिङ

सम्पर्क : ९८१८३३४५३५

प्रकाश इलेक्ट्रिकल एण्ड प्लम्बिङ अनलाइनमार्फत मर्मत सेवा दिने अर्को कम्पनी हो । यसले धारा र बिजुली मर्मतको काम गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा सेवा प्रदान गर्दै आइरहेको प्रकाश इलेक्ट्रिकल एण्ड प्लम्बिङको सेवा शुल्क १०० रुपैयाँबाट सुरु हुन्छ । कामको प्रकृति र समयअनुसार अन्य शुल्क लाग्छ । यस कम्पनीले उपत्यकाबाहिर पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

https://www.onlinekhabar.com/2023/01/1243279/

Categories

Video

Add Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Service
Please rate Service
Value for Money
Please rate Value for Money
Location
Please rate Location
Cleanliness
Please rate Cleanliness

Claim listing

Take control of your listing!

Customize your listing details, reply to reviews, upload photos and more to show customers what makes your business special.
Your account will be created automatically based on data you provide below. If you already have an account, please login.

Fill the form

Booking

Guests 1
Guests
Have a coupon?
This coupon was added
Book Now

Message Vendor

Please choose "Contact Owner Widget" form in Appearance → Widgets (Single Listing Sidebar → Listeo Contact Widget) More information.